प्रधानन्यायाधीश राणा आज सर्वोच्चमा हाजिर हुने, अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आजदेखि सर्वोच्च अदालत फर्कने भएका छन् । प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै महाअभियोग निष्प्रभावी बनेको भन्दै प्रधानन्यायाधीशकै हैसियतमा राणा आइतबार सर्वोच्च अदालत फर्किन लागेका हुन ।

उनले प्रतिनिधिसभाको कार्यकालसँगै महाअभियोगको विषयमा सम्पूर्ण रूपमा सकिएकाले आजबाट सर्वोच्च फर्किन लागेको जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश राणाले आफू बिहान ११ बजे सर्वोच्च अदालतमा पुग्ने जानकारी दिएका छन् । राणाले आफू अदालतका कामका लागि फर्किन लागेको जानकारी सर्वोच्च अदालतको प्रशासनमा समेत गराएका छन ।

सत्तारूढ दलका सांसदले संविधान र कानुनको अपव्याख्या हुने गरी गरी अर्को प्रतिनिधिसभामा महाअभियोग पेश हुने गरी अघि बढाउन भन्दै सभामुखलाइ सिफारिस गरेको भोलिपल्टै प्रधानन्यायाधीश राणा काममा फर्किन लागेका हुन । उनले यसअघि संसदीय समितिमा उपस्थिति भएर नै महाअभियोगको औचित्य समाप्त भैसकेको बताएका थिए ।

राणामाथि छानबिन गरिरहेको संसदको आयु नै शनिबार रातिदेखि सकिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाअभियोग स्वतस् निष्क्रिय भएकाको छ । यद्यपी सत्तारूढ दलका कानुनव्यवसयाीले त्यसलाइ अस्वीकार गर्दै आएका छन । संसदीय समितिमा रहेका ११ सदस्य मध्ये ५ सदस्य महाअभियोगको विपक्षमा रहेका छन । दलको रूपमा एमाले र लोसपा महाअभियोगको विपक्षमा उभिएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति