पोखरा १३ मा स्वास्थ्य शिविर, चार सयभन्दा बढीको परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले आज महिलाको पाठेघरको क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पछिल्लो समय वडा १३ ले महिलाको स्वास्थ्यमा संवेदनशील बन्दै विभिन्न समयमा नियमित रुपमा परीक्षण गर्दै आइरहेको छ ।

शिविरमा ३० देखि ६० वर्ष उमेर समूहका ४ सयभन्दा बढी महिलाले निशुल्क स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

वडाको विकास सँगसँगै वडाबासीको स्वास्थ्यलाई लिएर आफूहरु गम्भीर रहेको बताउँदै उनले वडाबासी स्वस्थ्य रहेमा मात्र वडाको विकास गर्न सकिने धारणासहित स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति