बाबुराम र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, १ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफल भएको छ । छलफलका लागि प्रचण्ड शुक्रबार साँझ भट्टराई निवास टोखा पुगेका थिए ।

भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको जानकारी अनुसार दुई नेताबीच ‘गम्भीर वैचारिक–राजनीतिक छलफल’ भएको छ । पारिवारिक वातावरणमा केही रमाइलो पनि भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

“ऐतिहासिक जनयुद्धका उपलब्धि संस्थागत हुनुसट्टा गुम्दै गैरहेको र प्रतिगामी शक्तिहरूले टाउको उठाउँदै गइरहेको सन्दर्भमा क.प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल । जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइसौँ शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्यमा जोड’ उनले लेखेका छन् ।

आगामी निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बन्न लागेका भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट प्रतिस्पर्धी बन्दै छन् । चुनावपछि दुई पार्टीबीच एकताको सम्भावना पनि बढ्दै गएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति