सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुन:गठन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुनःगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुनःगठन गरेको हो ।

सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुनःगठन गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा (एकीकृत समाजवादी)का तर्फबाट राज्यमन्त्री बनेका हुन् ।

उनीहरू दुवै जनाले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो ।

यस्तै, समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका कुलबीर चौधरी हालै नेकपा (एमाले)मा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board