नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचनामा महानगरको डोजर

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ ।

सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो ।

भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरपालिकाले बेसमेन्ट तथा अन्डर ग्राउन्डको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने विभिन्न ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति