कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ, ३१ भदौ । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने छ ।

बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ लाख युनिट ऋणपत्र व्यक्तिगत तथा बाँकी १२ लाख युनिटमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ ।

सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउने छन् । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइने छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकले १० वर्ष अवधिको केबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board