विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म

काठमाडौँ, ३१ भदौ । नेपाल विद्युत् प्राधिकरणले ठुलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहनिर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।

प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक, एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ ।

योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म दरखास्त दिन सकिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति