पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

इस्लामाबाद, ३० भदौ पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।

देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।

दक्षिणी सिन्ध प्रान्तमा स्वास्थ्य अधिकारीहरूले डेंगु ज्वरोका करिब ३ हजार ८३० केस रिपोर्ट गरेका छन् । तीमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

‘समग्रमा सिन्धको अवस्था निकै खराब छ । प्रान्तभर हामीले मेडिकल शिविर प्रबन्ध गरिरहेका छौँ । मलेरियापछि अहिले हामी डेंगुका विरामी देखिरहेका छौँ’, पाकिस्तान मेडिकल संघका महासचिव डा. अब्दुल घाफुर सोरोले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board