एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसंग पराजित

काठमाडौं, ३० भदौं । एएफसी यू–२० एसियन कप छनोटमा नेपाल घरेलु टिम बहराइनसंग फराकिलो अन्तरले पराजित भएको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति बहराइनसंग ६–० गोल अन्तरले पराजित हुदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे। कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे ।

यस जितसंगै समूह ’बी’ को बहराइनले पहिलो जित निकालेको छ । बहराइनले २ खेलमा ४ अंक जोडेको छ । नेपाल अंकविहीन रहदै तालिकाको पुछारमा छ ।

साथै नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ । पहिलो खेलमा नेपाल भुटानसंग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसंग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो ।

अब नेपालले अन्तिम खेलमा आइतबार बंगलादेशसंग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति