देशैभर झरी पर्ने अनुमान

काठमाडौं, ३० भदौं । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउमा अहिले मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ ।

आज देशैभर झरी पर्ने अनुमान छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहेपनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज, भोलि र पर्सि दिन तीन दिनसम्म नै झरी पर्ने सम्भावना छ । केहीबेर पानी पर्न रोकिएर घाम लागेजस्तो भए पनि फेरि पनि पर्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । यसले गर्दा यी दुई प्रदेशमा बाढी पहिरोको जोखिम धेरै छ ।

आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, प्रदेश–१ र मधेस प्रदेशका केही ठाउमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ । झरीका कारण भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यस्तै, मौसमविद्ले सडक र हवाईमार्ग हुदै यात्रा गर्दा मौसमबारे जानकारी लिन पनि सुझाव दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board