काभ्रेमा पहिरोले घर पुरिदा एकै परिवारका दुई जनाको ज्यान गयो

काभ्रे, ३० भदौं । काभ्रेमा पहिरोले घर पुरिदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

बेथानचोक गाउपालिका वडा नम्बर ४ चलाल गणेस्थानस्थित ढुङ्गा खानीमा बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएकी छन् । उनको उद्धार गरी बनेपामा उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board