महाभियोग समितिको बैठक सर्‍यो

काठमाडौँ, ३० भदौ । आज बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो ।

तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ ।

समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति