गठबन्धनले ४ असोजमा सिट बाँडफाँड टुंग्याउने

काठमाडौँ, ३० भदौ । सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाँड टुंगो लगाउने समझदारी बनेको छ ।

सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए ।

तर, मल्ल भने निर्वाचन क्षेत्र बाँडफाँडका बारेमा गठबन्धन दलबीच सकारात्मक दिशामा छलफल भइरहेको बताए ।

माओवादी पार्टी पदाधिकारीको बुधबारको बैठकले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति