मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दी, २९ बुधबार । मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

मुस्ताङबाट स्याउ बोकेर पोखराका लागि छुटेको ग १ ख ४१७७ नम्बरको ट्रक बुधबार दिउँसो ३ बजे बेनी–जोमसोम सडकको घाँसास्थित ओरालोमा ब्रेक फेल हुँदा भित्तामा जोतिएर सडकमा पल्टिँदा चालकको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ । ज्यान गुमाउने चालक सोलुखुम्बु जिल्ला सल्लेरीका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति