सिन्धुपाल्चोकको ठुलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा

सिन्धुपाल्चोक, २९ भदौ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

विभिन्न ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए । सबै सुचकमा न्युनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ को उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८र८९ मा पनि नगरका कम्तिमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हो । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।

वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविवाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घोषाणा गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति