अनधिकृत संरचनाहटाउन अभियान सोह्रखुट्टे क्षेत्रमा, बालेनको डोजर चल्यो

काठमाडौं २९ भदौ । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ ।

अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।

महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति