काठमाडौं २९ भदौ । महाभियोग सिफारिस समितिले बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्कीसहित सर्वोच्चका न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ।
कामु प्रधानान्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमणि भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुयाँललाई समितिले बोलाएको हो।

महाभियोग लागेर निलम्बिनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा उनीहरुलाई पनि विभिन्न आरोप लगाएपछि समितिले त्यस विषयमा छलफल गर्ने भएको हो।
समितिका सभापति रामबहादुर विष्टले छलफलका लागि बिहीबार बिहान साढे ८ बजे कामु प्रधानन्यायाधीशसहित आरोप लगाएका न्यायाधीशहरुलाई बोलाएको जानकारी दिए।
यस्तै बिहीबार दिउँसो १ बजे पूर्व प्रधानन्यायाधीशहरुलाई पनि समितिले बोलाउने निर्णय गरेको छ।
बिहीबार नै दिउँसो ३ बजे सर्वोच्च बार र नेपाल बारका पदाधिकारीसहित चोलेन्द्रले आरोप लगाएका वकिलहरुलाई बोलाउने निर्णय भएको सभापति विष्टले नेपालखबरलाई जानकारी दिए।
चोलेन्द्रले झुटो लाञ्छना बारे समितिमा गएर जिरह गर्छु – अधिवक्ता अर्याल
प्रतिक्रिया