राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज बस्दै

काठमाडौं, २९ भदौं । राष्ट्रिय खेलकुद परिषद् राखेप को बोर्ड बैठक आज बस्दै छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमा बैठक बस्ने तालिका रहेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १४ औं बोर्ड बैठक आह्वान गरेका हुन् ।

बैठकमा मुख्य दुई एजेण्डा राखिएको छ । पहिलो एजेण्डा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे रहेको छ । दोस्रो एजेण्डालाई विविधमा राखिएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board