रुसी र चिनिया राष्ट्रपति बीच भेटबार्ता हुदैं

भदौं २९ । रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ ।

उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो ।
भेटमा उहाँहरुबीच रुस–युक्रेन युद्ध र ताइवान मामिलाबारे पनि छलफल हुने अनुमान गरिएको छ ।

साङ्घाई सहयोग सङ्गठन ९एससीओ० को शिखर सम्मेलनमा उज्वेकिस्तान पुगेर सीले पुटिनसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भोलिदेखि सुरु हुने दुई दिने सम्मेलनमा उज्वेकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति