महारानीको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्‍याइयो

लन्डन, २९ भदौ । महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैँजादा भव्य स्वागत गरिएको थियो ।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिएको थियो । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरु सहभागी हुनेछन् ।

उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।

अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति