रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने

मस्को, २९ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने बताएको छ ।

सीले यस हप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्ने छन्, जहाँ उनले पुटिनलाई भेट्ने छन् । माओ त्सेडोङपछि सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफूलाई सुनिश्चित गर्नु एक महिनाअघि उनले मध्य एसियाको भ्रमण गर्न लागेका हुन् ।

‘राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन्’ क्रेमलिनका सहयोगी युरी उसाकोभले मस्कोमा एक छलफलमा भने ।

‘स्वाभाविक रूपमा, उनीहरूले द्विपक्षीय रणनीतिक साझेदारीमा अभूतपूर्व उच्च स्तरको विश्वासको सकारात्मक मूल्यांकन गर्नेछन्’ उनले थपे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति