राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २९ भदौ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।

त्यस्तै, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ लाई सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिका सभापति डा.बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् भने अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति