थप २०३ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ भदौ । पछिल्लो २४ घण्टामा थप दुई सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएको थियो ।

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या नौ लाख ८४ हजार सात सय १० पुगेको छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board