सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं, २६ भदौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board