एएफसी यू–२० : कतारसँग नेपाल पराजित

काठमाडौँ, २८ भदौ । एएफसी यू–२० एसियन कप छनोटको समूह ‘बी’अन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल कतारसँग ३–१ गोलको नतिजामा पराजित भएको छ ।

बहाराइनमा भएको खेलको ३०औँ मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकमार्फत् गोल गर्दै मोहमद सुरागले कतारको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा सम्हालिने प्रयास गरेको नेपालले ६०औँ मिनेटमा पुनः गोल खायो ।

बलियो देखिएको एसियाली पावरहाउस कतारका लागि जासिमल मोहमदले तेस्रो गोल गरेका थिए । त्यसको १७ मिनेटपछि कतारकै डिफेन्डरले दिएको पासमा गोलकिपर अमिर हसनले गल्ती गर्दा नेपालले आत्मघाति गोल उपहार पायो ।

पराजयसँगै नेपालको अर्को वर्ष उज्वेकिस्तानमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना कमजोर बनेको छ । सोमबार नै भएको खेलमा बंगलादेशले भुटानमाथि २–१ को कठिन जित निकालेको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटानको यो पहिलो हार थियो । यस्तै, पहिलो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोक्न सफल बंगलादेशको भने यो नै पहिलो जित हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति