युक्रेनले रुसबाट ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लियो : जेलेन्स्की

किभ, २८ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले यस महिना रुसी सेनाविरुद्धको प्रतिआक्रमणमा ६ हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता लिएको छ ।

“सेप्टेम्बरको सुरुदेखि,हाम्रा सैनिकहरूले पूर्व र दक्षिणमा ६ हजार वर्ग किलोमिटर युक्रेनी क्षेत्रलाई मुक्त गरिसकेका छन् । हामी अझ अगाडि बढिरहेका छौँ,” जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने ।

युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रमा इज्युम, कुपियान्स्क र बालाक्लिया सहरसहित दर्जनौँ क्षेत्रहरू पुनः कब्जा गरेको छ ।

पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीहरूले सत्रुद्वारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको र ती क्षेत्र अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका युक्रेनी सेनाका एक अधिकारीले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति