यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौँ, २८ भदौ । श्रीलंकामा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्‍यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्ने छ ।

कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे ।

खेलको २१औँ मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो । त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे । यस्तै, ३०औँ मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३–० मा पुर्‍याए । ३७औँ मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए । पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो ।

नेपालका युनेशले ५१औँ मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५–० मा पुर्‍याए । यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६–० को जित निश्चित गर्‍यो ।

नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board