‘लेनिल पिक’मा लालबहादुर जिरेलले फहराए युवा संघको झण्डा

काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको ताराअंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ ।

दोलखा जिरीका आरोही लालबहादुर जिरेलले युवा संघको ताराअंकित झण्डा लेनिल पिकमा फहराएका हुन् । एक महिनाअघि संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई संघको झण्डा हस्तान्तरण गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथासहित साना–ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका आरोही जिरेलले एकीकृत समाजवादीको बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्यसमेत हुन् ।

उनले मनास्लु, डवलम, पुमरी, मेरा पिक, सिंगा चुली, टेनपिक, दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन, आइसल्याण्डपिक, लवुजेपिक, सोलु पिक, लाङसिसरी, नयाँकाङ, एलापिक, रमुदङ, खाम्सेकुलगायत २६ बढी हिमाल रोहण गरिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति