एमाले अध्यक्ष ओली जनकपुर जाँदै

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जनकपुर जाने भएका छन् ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका पूर्वमन्त्रीसहित नेताहरूलाई पार्टीमा स्वागत गर्न जनकपुर जान लागेको उनका सचिवालयले जनाएको छ ।

उनी बिहान ११ बजे जनकपुर अवतरण हुने बताइएको छ । कार्यक्रममा कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति