यी हुन् नेपाल टी–२० का विदेशी खेलाडी

काठमाडौँ, २७ भदौ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन् । असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आइतबार भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे । यसअघिनै सहभागी क्लबले ११–११ नेपाली खेलाडी अनुबन्ध गरेका थिए ।

प्रतियोगिताको विदेशी खेलाडीमा वेष्ट इन्डिजका चर्चित अलराउन्डर कार्लोस ब्रेथवेटदेखि श्रीलंकाका थिसरा परेरा र पाकिस्तानका पूर्वकप्तान मोहम्मद हाफिजसमेत छन् । विदेशी खेलाडीहरुलाई पनि ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा बिभाजन गरी ड्राफ्ट गरिएको थियो ।

कुन टिमले क–कसलाई अनुबन्ध गरेः

काठमाडौँ गोर्खाज : थिसरा परेर (ए), दर्शनप्रीय विराकोदी (बी), धनन्जय डी सिल्भा (सी), कामिन्दु मेन्डिस (सीं), विरन्दीप सिंह (सी)

पोखरा एभेन्जर्स : मोहम्मद हाफिज (ए), सिकुगे प्रसना (बी), निरोसन डिकवेला (बी), सल्मान इर्सद (सी), सेहन मधुसन्का (सी),

विराटनगर सुपरकिंग्स् : एन्जेलो म्याथ्युज (ए), जोसुआ पेर्साउद (बीी, एन्ड्रे म्याकार्थी (बी), गौरन्सु शर्मा (सी), मिनोद रणसिंघे (सी), कोएन जोसेफ (सी)

लुम्बिनी अल स्टार्स : बेन कटिङ (ए), रकिम कोर्नवेल (बी), प्याट ब्रोन (बी), विपुल शर्मा (सी), लहिरु मिलन्था (सी), नुवान तुसारा (सी)

जनकपुर रोयल्स : एडम लिथ (ए), ट्रेभोन अबासिाइ ग्रिफ्फत (बी), इब्राहिम जर्दान (बी), राज रकी नानान (सी) सुवासिंघे प्रीयान्जन (सी)

फारवेस्टर्न युनाइटेड : कार्लोस ब्रेथवेट (ए), दुसन हेमान्था (सी), पुलिना थरंगा (सी), जोसन मोहम्मद (सी), अलाह गजान्फर (सी), जिया उल रेहमान (सी)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board