दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस

दाङ, २७ भदौ । नेकपा (माओवादी केन्द्र) क्षेत्र नम्बर २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका हुन् भने शर्मा समानुपातिक सांसद छन् । त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि पराजित भएका थिए । यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शंकर पोखरेललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board