प्रधानमन्त्री देउवाले नर्भिक अस्पताल पुगेर भेटे विरामी मित

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । विरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति