विद्यालय हिंडेका बुटवलका ३ बालक मुम्बईमा

२६ भदौ, बुटवल । बुटवल उपमहानगरपालिका ११ दुर्गानगरका ३ जना बालक शुक्रवार बिहान विद्यालय जान भनी घरबाट हिडेका सम्पर्कविहीन भए । १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी त्यस दिन विद्यालय गएनन्, साँझसम्म घर पनि फर्केनन् ।

कसैको पनि सम्पर्कमा नआएपछि उनीहरू अपहरणमा परेको आशंका गरियो । परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए । शनिबार साँझसम्म उनीहरू सम्पर्कमा आएनन् । प्रहरीमा निवेदन परेपछि उनीहरू खोजी सूचीमा परे ।

निवेदनपछि प्रहरीले खोजी सुरु गरेपछि सम्पर्कविहीन भएका तीनै जना बालक मुम्बइ पुगेको पत्ता लाग्यो । विद्यालय जान्छु भनेर हिंडेका उनीहरू मुम्बइमा आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

बेपत्ता तीनैजना समीर लम्सालको बुबाले रोजगारी गर्ने ठाउँ मुम्बइमा पुगेका र उनीहरू सुरक्षित रहेको सागरका मामा राजु पन्थीले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए । उनले , उनीहरू आफैं मुम्बई गएका हुन् वा अरु कसैले लगेको हो भन्ने अझै खुलेको छैन, अनुसन्धान भइरहेको छ बताए ।

तीनजना मध्ये २ जना नवीन औद्योगिक मावि र एकजना नहरपुर माविमा अध्ययनरत हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board