अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २१ वर्ष पूरा

२६ भदौं । अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २१ वर्ष पूरा भएको छ ।

न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औ स्मृति दिवस मनाइदैछ ।

सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई भवनमा ठोक्काउदा दुर्घटनामा परि झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । आतङ्ककारी हमलामा ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । अपहरणमा परेका विमान न्युयोर्क र वाशिङ्टनका भवनमा ठोक्काइएको थियो ।

आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मूलन गर्न र ओसामा विन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्न अनुमति दिएका थिए ।

पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारेको पुष्टि गरेका थिए । झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।

आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मूलन गर्न र ओसामा विन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्न अनुमति दिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board