काठमाडौँ, २६ भदौ । सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बालुवाटारमा आज पनि छलफलमा जुट्न लागेका छन् ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि सत्ता गठबन्धनमा कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने विषय टुंगिएको छैन ।
११ सदस्यीय कार्यदल बनाएर दलहरूले एक महिना छलफल गरे पनि सिट बाँडफाँडको विषय टुंगिन नसकेपछि शीर्ष नेताहरूबाटै सिट बाँडफाँड टुंग्याउने तयारी छ ।
शनिबार पनि बालुवाटारमा गठबन्धनका शीर्ष नेता जुटेर यसबारे छलफल गरेका थिए । जनकपुरमा रहेका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव शनिबार छलफलमा उपस्थित हुन सकेका थिएनन् ।
कांग्रेसले सुरूमा १०० र माओवादीले ६० सिट दाबी गरेका थिए । एकीकृत समाजवादीले ४० र जसपाले ३२ सिट चाहिने बताइरहेका छन् ।
प्रतिक्रिया