अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिबानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु

काबुल, २६ भदौ । अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकाेप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको तालिवान समूहको रक्षा मन्त्रालयले जनाएको छ ।

‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकाेप्टर नेसनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने, ‘दुर्घटनामा पाँच जना घाइते भएका छन् ।‘

तालिबानले एक वर्षअघि अमेरिकामा निर्मित केही विमानहरू आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिका छोडेका कति हेलिकोप्टर सञ्चालित छन् भन्ने यकिन हुन सकेको छैन । अमेरिकी सेनाहरूले जानाजानी केही सैन्य हार्डवेयरलाई क्षति पुर्‍याएका थिए र अफगान सेनाले मध्य एसियाली राष्ट्रहरूमा केही हेलिकोप्टरहरू उडाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति