एएफसी यू–२० : नेपाल भुटानसँग पराजित

काठमाडौँ, २६ भदौ । एएफसी यू–२० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको छ । बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्‍यो ।

शनिबार राति भएको खेलको ३३औँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुवातमै दोस्रो गोल खायो । ४७औँ मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निरन्तर खेलमा फर्किने प्रयास गरे पनि नेपाल सफल हुन सकेन ।

विपक्षी खेलाडीमाथि खराब फाउल गरेका कारण इन्जुरी समयमा अभिषेक वाइबाले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो ।

जितसँगै भुटानले तीन अंक जोडेको छ । हारसँगै छनोटको सुरुवात गरेको नेपालको भने चुनौती थपिएको छ ।

समूह ‘बी’मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति