काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा 

भक्तपुर, २५ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् ।

बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।  

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board