कमल थापाको उपाध्यक्षलाई ओलीले लगे 

काठमाडौं, २५ भदौ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।
कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board