श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हरायो

काठमाडौँ, २५ भदौ । एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए । यस्तै, भानुका राजापक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, मोहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे । श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए ।

सुपर फोरमा यसअघि श्रीलंका र पाकिस्तान दुवैले भारत र अफगानिस्तालाई हराउँदै उपाधि भिड्न्त पक्का गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board