प्रिमियर लिगको यो साताको खेल स्थगित

काठमाडौँ, २५ भदौ । बेलायतकी महारानी एलिजाबेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेलहरू स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार, आइतबार र सोमबार हुने तालिका रहेका १० खेलहरू स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रो क्लब उहाँले देशका लागि गर्नुभएको योगदानप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छौँ ।’

बेलायतमा ७० वर्षसम्म शासन गरेकी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति