कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी

खोटाङ, २४ भदौ । कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् ।

कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । ११ सदस्यीय केन्द्रको उपाध्यक्षमा जिल्ला मालपोत कार्यालयका प्रमुख धर्मराज आचार्य, सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र राई र कोषाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका प्रमुख काजी बस्नेत चयन भएका छन् ।

सदस्यमा जिल्ला आयुर्वेद कार्यालयका प्रमुख उमेशकुमार मेहता, नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी, स्वास्थ्य कार्यालय खोटाङका प्रशासकीय अधिकृत रबिन फुयाँल, नापी कार्यालयका प्रमुख मदन खत्री र पदेन सदस्यमा आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुवकुमार कार्की चयन भएका छन् । दुई सदस्य पछि थप गरिने कर्मचारी मिलन केन्द्रले जनाएको छ ।

संस्थाको मर्यादा रछविलाई उच्च बनाउँदै व्यावसायिक, निष्ठावान् र कर्तव्यपरायण बनाउँदै सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्ने कर्मचारी मिलन केन्द्रका नवनिर्वाचित अध्यक्ष रेग्मीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board