पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

लमजुङ २४ भदौ । पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरकाे हाे । हिमानी ट्रष्टकाे अध्यक्ष हिमानी शाहाकाे उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बाेत्तल, झाेला लगायतका सामग्री हस्तान्तरण गरिएको थियाे । 

दुधपाेखरि, मर्स्याङ्दी  दाेर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुकाे उपस्थित रहेकाे थियाे ।  जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगाेस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमकाे आयाेजना गरेकाे ट्रष्टले जनाएकाे छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति