यसरी टुंगो लगाउँदैछन् सत्ता गठबन्धनको सिट : कांग्रेस ८०, माओवादी ५१ !

काठमाडौं । सत्तारुढ दलहरुबीच अहिलेसम्म सिट बाँडफाँटको टुंगो लागेको छैन । सिट बाँडफाँट गर्न गठित कार्यदलले अधुरो प्रतिवेदन बुझाएर आफ्नो जिम्मेवारी पूरा गरेका छन् ।

सत्ता गठबन्धन दलका आआफ्नै दावी हावी भएपछि सिट बाँडफाँट टुंगोमा पुग्न नसकेको हो ।

कांग्रेसले अहिले १०० सिटमा दावी गरेको छ भने माओवादी केन्द्रले ६० सिट, नेकपा एसले ४० सिट र जसपाले ३२ सिटमा दावी गरेका छन् । जनमोर्चाले भने २ सिटमा मात्र दावी गरेको छ ।

आआफ्नो दावीलाई कायम राखेपछि कार्यदलले एक–एक सिटका विषयमा सहमति गरेका थिए । त्यसरी सहमति गर्दा ८८ सिटमा सहमझदारी जुटेको कार्यदलका एक नेताले जानकारी दिए ।

यसरी सहमति जुटाउँदा ६० सिटमा कांग्रेसको मात्र दावी छ । त्यो स्वतः उसले पाउनेछ । त्यस्तै माओवादी केन्द्रले मात्र दावी गरेको १८ सिटमा उसले पाउने छ । त्यस्तै जसपाले मात्र दावी गरेको ३ सिटमा पनि उसले पाउने पक्कापक्की भएको छ ।

कार्यदलले ती सहमति जुटेको बाहेकका सिटमा आएका दावी र सुझावसहितको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइसकेको छ ।

शीर्ष नेताहरुका बीचमा भने सिट बाँडफाँटलाई अन्तिम रुप दिन एक सहमति बनाउने प्रयास भएको एक शीर्ष नेता स्रोतले जानकारी दिएका छन् ।

कांग्रेस ८० सिट, माओवादी ५१ सिट, नेकपा एस २० सिट, जसपा १० सिट, लोसपा २ सिट र जनमोर्चा र बाबुरामलाई १–१ सिट दिएर टुंग्याउने विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

तर, यो प्रस्तावित सिटमा माओवादी केन्द्रले भने पूर्णतः अस्वीकार गरेको छ । विगतमा एमालेसँग तालमेल गर्दा ५९ सिट पाएको माओवादी केन्द्रले वस्तुपरक रुपमा अहिले पनि ६० सिटमा मात्र दावी गरेको एक माओवादी नेताको भनाइ छ ।

कांग्रेसले बढी नै पेल्न खोजे गठबन्धनबीच चुनावी तालमेलको स्थिति नहुने वातावरण बन्दै गएको पनि ती नेताको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोखरामा पुगेर पत्रकारसित सिट बाँडफाँटमा जटिल समस्या नभएको बताए । आज निचोडमा पुग्ने उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board