२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा

काठमाडौँ, २४ भदौ । साढे दुई दशकदेखि काठमाडौँमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।

गत चैतयता काठमाडौँमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो ।

तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौँ महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदै छ । त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौँका सडकमा फोहोर देखिन छाडेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति