प्रधानमन्त्री देउवाद्वारा बेलायतकी महारानीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो।

रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन् ।​ ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै ट्विटमा भनेका छन् ।

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति