सन्दीप लामिछानेले भने– ‘म निर्दोष छु, कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कन्छु’

काठमाडौँ, २४ भदौ । बलात्कारको अरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन् ।

उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल) छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएर काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तान र टिमबाटै निलम्बन गरेको जनाएको छ ।

बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरूद्धका प्रमाण संकलन सुरू गरेको छ ।

अहिले लामिछाने सिपिएलका लागि वेस्ट इन्डिजमा रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति