सत्ता गठबन्धनमा ८८ सिटमा कुरो मिल्यो, अधुरो प्रतिवेदन बुझाउँदै कार्यदल

काठमाडौँ । सत्ता गठबन्धनबीच ८८ सिट बाँडफाँटमा कुरो मिलेको छ । संसदीय निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले बुधबार साँझसम्म ८८ सिटमा समmदारी गरेका छन् ।

गत साउन २२ गते गठन भएको कार्यदलले सिट बाँडफाँटका लागि प्रतिशतका आधारमा तय गर्ने भनिएपनि त्यसमा सहमति हुन सकेन । त्यसैले पनि एक–एक सिटमा सहमति गर्दै ८८ सिटमा समझदारी गरिसकेको नेताहरुको दावी छ ।

प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १ सय, माओवादीले ६०, जसपाले ३२ र समाजवादीले २० सिटमा दाबी गरेका छन् । तर, कांग्रेसले दाबी गरेकामध्ये ६० सिटमा अरू कसैको दाबी नपरेकाले ती सिटमा कांग्रेसले उम्मेदवारी पाउने पक्का भएको छ । त्यस्तै माओवादीले दाबी गरेका मध्ये १२ सिटमा गठबन्धनका अन्य दलको दाबी छैन ।

एकीकृत समाजवादीका पनि अध्यक्ष माधवकुमार नेपालले चुनाव लड्ने रौतहट–१, झलनाथ खनालको इलाम–१ र सचिव रामकुमारी झाँक्रीको गुल्मी–२ सहित ८ सिटमा अरूको दाबी छैन । जनता समाजवादी पार्टीका पनि ८ निर्वाचन क्षेत्रमा एकल दाबी छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ५० प्रतिशत अर्थात् ८२ सिट र गठबन्धनका अन्य दलले ८३ सिट पाउनुपर्ने अडान राखिरहेका छन् । कार्यदलका संयोजक सिटौलाले यसअघि नै कांग्रेसले ८८ सिटको दाबी अघि सारेका थिए । त्यसैलाई आधार मानेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ८६ जोड २ को प्रस्ताव गरेका थिए । कांग्रेसले ८६ लिने र दुई सिट लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका लागि छुट्याउने उनको प्रस्ताव थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board