खार्किभका धेरै बस्ती फिर्ता गरेको युक्रेनको दाबी

खार्किभ, २३ भदौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाले रुसी सेनाले नियन्त्रणमा लिएका देशको उत्तरपूर्वी खार्किभ क्षेत्रमा धेरै बस्तीहरू फिर्ता गरेको दाबी गरेका छन् ।

‘यस साता हामीलाई सँग खार्किभ क्षेत्रबाट शुभ समाचार आएको छ,’ जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा भने, ‘अहिले युक्रेनी भूभाग फिर्ता भएको ती बस्तीहरूलाई नाम दिने सही समय होइन ।’

पछिल्ला दिनमा खार्किभ क्षेत्रमा युक्रेनी सेनाले एकपछि अर्को सफलता प्रदर्शन गरेको पर्यवेक्षकहरूले जनाएका छन् ।

युक्रेनले गत हप्तादेखि देशको दक्षिणी भागमा प्रतिआक्रमण गरिरहेको छ, जहाँ उसले धेरै गाउँहरू पुनः कब्जा गरेको दाबी गरेको छ । २४ फेब्रुअरीमा युद्ध भएपछि रुसी सेनाले खार्किभ क्षेत्रलाई आंशिक रुपमा कब्जा गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति