मापदण्डविपरीत बनेको भवन ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन

काठमाडौँ, २३ भदौ । काठमाडौँ महानगरपालिकाले मापदण्डअनुसार निर्माण भएका तर नक्सा पान नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ ।

महानगरले एक सूचना जारी गर्दै मापदण्डअनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई तीन महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको हो ।

“काठमाडौँ महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति